कमल बहादुर खड्का
०६ पौष , बर्दिया ।
प्रथम वडा स्तरीय प्राथमिक विद्यालय तह रनिङ शिल्ड प्रतियाेगिता बाँसगढि नगरपालिका ९ माछागढमा सम्पन्न भएको छ ।
बाँसगढि नगरपालिका ९ नं. वडा कार्यालयकाे संरक्षक तथा श्रि बालकल्याण प्राथमिक विद्यालयको आयाेजनामा भएको प्रतियोगिता को प्रायोजन काेलडाँडा मिलिजुलि उपभोक्ता समिति र सह प्रायाेजनमा बेलघारि मध्यवर्ती सामुदायक वन उपभोक्ता समुह रहेकाे थियाे । प्रतियोगितामा वडामा रहेका ७ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा १० वटा खेलहरु खेलाइएको शिक्षक मायाराम जैसिले बताए । श्रि बालकल्याण प्राथमिक विद्यालय ले ८ स्वर्ण २ रजत प्राप्त गरि प्रथम , गाेल्डेन चिसापानि एकेडेमिले १ स्वर्ण ३ रजत १ कास्य प्राप्त गरि द्वितीय र लालिगुराँस माद्यामिक विद्यालय बाँसगढि ९ माछागढले १ स्वर्ण २ रजत प्राप्त गरि तृतीय स्थान हासिल गर्न सफल भएका छ्न ।
प्रतियोगिता को समापन कार्यक्रममा श्रि बालकल्याण प्राथमिक विद्यालय व्यवस्थापन समिति का अध्यक्ष सुरवीर वि क को सभापतित्वमा प्रमुख अतिथि बाँसगढि नगरपालिका ९ का वडा अध्यक्ष चन्द्र बहादुर शाहि रहनु भएको थियो । विशिष्ट अतिथि बाँसगढि नगरपालिका शिक्षा अधिकृत छत्र बहादुर शाहि , बाँसगढि नगरपालिका खेलकुद समितिका संयाेजक नयन बहादुर खत्रि र निवर्तमान वडाअध्यक्ष जय बहादुर चन्द ठकुरि रहनु भएको थियो ।
