कमल बहादुर खड्का
०९ पौष , बर्दिया ।
चितुवाको आक्रमणमा परि बर्दियामा एक जना महिलाको ज्यान गएको छ । बारबर्दिया १० वैदी बस्ने ५० वर्षकि पार्वति डागीको ज्यान गएको हो ।
घरबाट साढे २ किलो मिटर दक्षिणमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएको समयमा दिउँसो १२ बजे तिर एक्कासी चितुवाले घाँटीमा आक्रमण गरि महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक देवेन्द्र मल्लले बताउनु भयो । मृतक सगै गएका अरु साथिहरु भागेर बाच्न सफल भएका छ्न । पछिल्लो पटक डिभिजन वन कार्यालय बर्दिया अन्तरगत रहेका बारबर्दिया नगरपालिका भित्रका सामुदायिक वनहरुमा चितुवाको आतंक बढे सगै ३ जनाले ज्यान गुमाई सकेका छन । जंगली जनावरहरु बाट डर त्रास बढे सङगै यहाका स्थानीय जनत्ताहरुले मान्छे मार्ने बाघ पाल्न नहुने भन्दै आक्रोशित भएका छ्न ।
चितुवाको आक्रमण,फेरि बारबर्दियामा एक महिलाको मृत्यु
