कमल बहादुर खड्का
०२ साउन, बर्दिया ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको छ । आज सचारकर्मीहरुसँग नगरपालिकाले आयोजना गरेको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्राप्त विवरणअनुसार ७८ करोड ६३ लाख ६३ हजार ७८ रुपैयाँको कुल बजेटमध्ये ७० करोड ५१ लाख १७ हजार ८९३ रुपैयाँ खर्च गरिएको, त्यस्तै, आन्तरिक आम्दानीतर्फबाट मात्र ९ करोड ९३ लाख रुपैयाँभन्दा बढी संकलन गरिएको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रमा नगरपालिकाले उत्कृष्ट नतिजा दिने विद्यालयलाई ७५ हजार रुपैयाँसहित पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको,उत्कृष्ट शिक्षकलाई सम्मान, का साथै शिक्षक बैंक’ स्थापना लगाएतका कार्य गर्दै कुल बजेटको लगभग ३५ प्रतिशत शिक्षामा खर्च भएको बताईएको छ । यी कार्यहरुका आधारमा ठाकुरबाबा नगरपालिकाले बि.सं. २०८० मा शिक्षा पत्रकार समूहबाट “सर्वोत्कृष्ट पालिका” को सम्मान प्राप्त गरेको थियो। यस्तै, प्रधानाध्यापकहरूको समूह बाट पनि लुम्बिनी प्रदेशमा “शिक्षा क्षेत्रमा उत्कृष्ट पालिका” को मान्यता पाएको छ।
६१ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता भएकोमा,२८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भई सकेको नगरप्रमुख तिलकराम लम्सालले बताए । भौतिक पूर्वाधारका थुप्रै कार्य सम्पन्न गरिसकेको यस नगरपालिकाले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आर सि सि वाल, विद्यालय भवन, सार्वजनिक शौचालय, प्रतिक्षालय, मन्दिर सुधार र गौशाला निर्माणसमेत उल्लेखनीय कार्य सम्पन्न गरिएको छ।
हाल नगरपालिकाले दमकल, निःशुल्क अटो सेवा, एम्बुलेन्स सुविधा, रासायनिक मलका लागि कृषक पासबुक लगाएतका थुप्रै जन मुखी कार्यहरु ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको छ।
साथै रोयल लक्ष्मी ओम नमः जेभी दाङ ले ठाकुरबाबा नगरपालिका–९ बानुगाउँस्थित कालोपत्र कमसल गरेका कारण ठेकदार कम्पनीको रकम पालिकाले रोक्का गरेको छ । भने पीडित मजदुरलाई निवेदन लिएर नगरपालिका आउन उप मेयर विना कुमारी भट्टराईले आग्रह गर्नुभएको छ ।
ठाकुरबाबा नगरपालिकाले प्रस्तुत गर्यो वार्षिक प्रगती प्रतिवेदन
