सिबिएपियु बर्दियाले कर्णाली गेरुवा नदिमा र्‍याफ्टिङ्ग गस्ती गर्यो ।

कमल बहादुर खड्का
१६ भदौ, बर्दिया

चोरिसिकार नियन्त्रण युवा परिचालन अभियान ( सिबिएपियु ) सन्जाल बर्दियाको आयोजनामा कर्णाली गेरुवा नदिमा र्‍याफ्टिङ्ग गस्ती गरिएको छ । कर्णाली नदिमा भंगालो भएका कारण डुङ्गा मार्फत बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा बन्यन्तुको सिकार गर्ने तथा जाल मार्फत नदिमा माछा मार्ने समूह हरुलाई नियन्त्रण गर्नको लागि समय समयमा र्‍याफ्टिङ्ग गस्ती गरिदै आइएको अभियानका अध्यक्ष गोविन्द थारुले बताए । भदौ १५ गतेको गस्तिमा माछा मार्ने जाल बरामत गरिएको मध्यवर्ती क्षेत्र व्यावस्थापन समितीका अध्यक्ष हेमन्त आचार्यले बताए । गस्तिमा बर्दिया राष्ट्रिय निकुञ्ज , नेपाल आर्मीको जबर जंग गण , राष्ट्रिय प्रकृति संरक्षण कोष, टाईगर टप कर्णाली लज र मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीले सहयोग गर्दै आएका छन ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *