ब्रहम कुमारी ईश्वरिय विश्वविद्यालयको आयोजनामा बारबर्दियामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कमल बहादुर खड्का
९ भदौ, बर्दिया
रक्तदान गरौ जीवन बचाउ भन्ने नाराका साथ ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखाको आयोजनामा आज बारबर्दिया नगरपालिका जयनगरमा विशाल रक्तदान महादान शिविर सम्पन्न भएको छ । ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालयका पूर्व प्रमुख प्रशासिकाय राजयोगी दीदी डाक्टर प्रकशमणि ज्यूको १८ औ पुण्य स्मृति दिवस एवम विश्व बन्धुत्व दिवसको अवसरमा दोस्रो पटका बारबर्दियामा रक्तदान शिविरका सम्पन्न भएको ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखा प्रमख पुष्पा तिवरीले बताउनु भयो । वृहत रक्तदान कार्यक्रम को प्रमुख अतिथि बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारु रहनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको प्राविधिका सहयोगमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गर्नु भएको नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखा सभापति श्रीराम चैधरीले बताए । विश्वभर ब्रहमकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रामा ४ दिन सम्म विश्व व्यापिरुपमा संचालन भएको विशाल रक्तदान महादान कायक्रमको आज अन्तिम दिन रहेको छ ।

ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखाको आयोजनामा बासगढीमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन भइ सकेको थियो । दोस्रो पटक बारबर्दियामा पनि रक्तदान कार्यक्रम सम्पन भएको ब्रह्म कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखा प्रमुख तिवारीले बताउनु भयो । रक्तदान कार्यक्रममा स्वयमंसेवि रक्तदान समुह बारबर्दियाका अध्यक्ष गंगा पाठकले थोरै रगतले कसैको जिन्दगी बचाउन सकिन्छ, भने रक्तदान गर्न सवैलाइ आग्रह गर्नुभयो । रगत दान गरेका मान्छेले आफुलाइ चाहिएको बेल रगत विषेश कारण बस नपाएपछि रिसाउने गरेको पाइएकोमा नरिसाउन पनि आग्रह गर्न भयो । आफुले दान गरि सकेपछि दान गरेको चिज पुन पाउनु पर्छ भन्ने आशा नराखी रक्तदान गर्न सवैलाइ आग्रह समेत गर्नु भयो । आफुले गरेको पुण्य कार्यको राम्रो फल एक पटक अबश्य पाउने कुरामा विस्वास गर्न पनि रक्तदानलाइ अनुरोध गर्नु भयो । बारबर्दिया नगरपालिका भित्र रहेका विभिन्न संघ सस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पर्ण भएको थियो ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *