कमल बहादुर खड्का
२० असार ,बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती ठाकुरद्वारा बर्दिया को आज निर्वाचन भएको छ । निर्वाचनमा ३ जनाले उम्मेदवार दिएका थिए । जम्मा १९ मत मध्ये ११ मत ल्याई हेमन्त प्रसाद आचार्य विजयी भएका छन । उनका प्रतिद्वन्द्वी चन्द्रकला बुढाले ६ मत त्यसै गरि मीन बहादुर सावद ले २ मत, प्राप्त गरेका निर्वाचन संयोजक बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत सरोजमणी पौडेलले ले जानकारी दिनु भयो । हरेक ५ / ५ वर्षमा हुने यो निर्वाचन यस पटक केही महिना ढिलो भएता पनि शान्ति तथा साैहार्द्व पुर्ण वातावरणमा सम्पन्न भएको बर्दिया राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत विश्व बाबू क्षेष्ठले बताउनु भयो ।
हेमन्त प्रसाद आचार्य मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती बर्दिया को अध्यक्षमा निर्वाचित
