कमल बहादुर खड्का
५ असार , बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम विभागिय प्रमुख, मेडिकल विभाग भेरी अस्पताल डाक्टर राजन पाण्डे लाई सम्मानित गरेको छ । विश्व सिकलसेल सचेतना दिवस २०८२ अवसरमा डाक्टर पाण्डेलाई सम्मान गरिएको हो । बारबर्दिया स्वस्थ्य शाखाको आयोजनामा आज भएको विश्व सिकलसेल सचेतना दिवस २०८२ अवसरमा बृहत् रक्तदान तथा अन्तरक्रिया कार्यक्रम बारबर्दिया नगर अस्पताल मनिकापुरमा भएको थियो । विहान ८ बजे देखि सुरु गरिएको रक्तदान कार्यक्रममा ३७ जना युव युवतीहरुले रगत दान गरेको बारबर्दिया नगर अस्पताल सुचना अधिकृत तुल्सिराम पोखरेल ले बताउनु भयो । नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया र स्कास नेपाल को सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।
हाल बारबर्दिया नगर अस्पतालमा सिकलसेल बिरामी १४० जना जति रहेका जस मध्ये १ विरामी मात्र अन्य जाती को र अरु सम्पुर्ण विरामी थारु जातिका रहेको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द्र पौडेलले बताउनु भयो।
सिकलसेल रोगको विज्ञ चिकित्सक रहेका डाक्टर राजन पाण्डेले यो रोग थारु जातिमा बढी मात्रामा देखिय पनि अन्य जातिम पनि देखा परेको बताउनु भयो । भेरी अस्पतालमा हाल ११ सय ७ सिकलसेल विरामी मध्ये ११ सय ७ जना थारु जातिका र बाकी १० जना विरामी अन्य जातिका रहेको बताउनु भयो । रगत जाच गर्दा यो रोग लागे नलागेको थाहा पाउन सकिने । वंशाणुगत रुपमा सर्ने भएकाले यो रोग आमा वुवा को जीनबाट छोराछोरीहरुमा सर्ने गरेको छ । तर आमा वुवा मध्य कुनै एकलाई सिकलसेल हुदा विवाह गर्न सकिने डाक्टर पाण्डेले बताउनु भयो । नेपालमा मलेरिया महामारी फैलेको समय देखि नै यो रोग रहेको तर उचित चेक जाचको अभावमा रोग पत्ता नलागेर मान्छे मर्ने गरेको डाक्टर पाण्डेले बताउनु भयो ।
कार्यक्रमका सभा अध्यक्ष बारबर्दिया नगरप्रमुख छविलाल थारुले सिकलसेल रोग लागे नलागेको चेक गर्नका लागि नगर अस्पतालमा निशुल्क गरिने, यदि रोग पत्ता लागेपछी उपचार पनि यसै नगर अस्पतालमा हुने साथै सिकलसेलका बिरामीहरुलाई स्वस्थ बिमा पनि नगरपालिकाले निशुल्क गरिदिएको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख रत्न कुमारी पाण्डे , बारबर्दिया संस्थापक नगरप्रमुख दुर्गा बहादुर थारु , स्कास नेपाल अध्यक्ष प्रभुराम चौधरी र बारबर्दिया नगर अस्पताल अध्यक्ष तिर्थराज पौडेल लगाएत ले मन्तव्य राख्नु भएको थियो ।
विश्व सिकलसेल सचेतना दिवस २०८२ बारबर्दियाले मनायो ।
