कमल बहादुर खड्का
१३ साउन,बर्दिया ।
नाग पँचमी तथा गुरिया पर्वकाे अवसरमा समाजसेवी स्वर्गिय कालीराम चौधरी काे शालिक अनावरण गरिएको छ । बारबर्दिया नगरपालिका ५ मगरागाडी बर्दियामा निर्माण भएको शालिकको अनावरण बारबर्दिया नगरपालिका प्रमुख एवम् प्रमुख अतिथि छबिलाल थारु द्वारा भएको थियो । शालिक अनावरण कार्यक्रममा स्वर्गीय कालीराम चौधरीको धर्म पत्नी चिन्की थरुनी को पनि उपस्तिथि रहेको थियो ।
स्वर्गीय कालिराम चौधरीको राजनितिक यात्रा २००७ साल को सशस्त्र क्रान्ती देखि भएको थियो । मगरागाडी प्रधान पंच पदमा २०१८ साल देखि लगातार दुई पटक, त्यसै गरि २०३८ सालमा तेस्रो पटक गाउँ पंचत प्रधानमा निर्वाचित हुनु भएको थियो ।
समाजसेवि स्वर्गीय चौधरिले बिगतमा गरेका सामाजिक, राजनैतिक र सास्कृतिक कार्यहरुको कदर गर्दै बारबर्दिया नगरपालिकाले शालिक निर्मणमा सहयोग गरेकोमा विशेष धन्नेवाद दिदै, आज उहाँ हामी सङग नरहे पनी उहाले गरेका सामाजिक योगदान अवस्मरणिय रहेको शालिक अनावरण कार्यक्रमक वक्ता मोहन लाल थारुले बताए ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले शालिक निर्माणको लागि १४ लाख ३८ हजार २ सयको लागतमा निर्माण भएको बताउनु भएको छ ।
स्वर्गीय चौधरी को समयमा यस क्षेत्रका रहेका विद्यालयहरु निर्माण , बाटो निर्माण ,चर्चिक धार्मिक स्थलहरु निर्माण , कुलापानी संचालन , खोला नालाहरुमा काठेपुल निर्माण लगाएतका विकास निर्माणका थुप्रै कार्यहरु भएको नगरप्रमुख छविलाल थारुले बताए ।
विक्रम सम्वत १९८४ साल चैत २८ गते जन्म भएको स्वर्गीय चौधरी को विक्रम सम्वत २०६१ साल चैत ४ गते निधन भएको थियो । जनमत संग्रहमा बहुदलीय व्यवस्था पक्षमा सक्रिय रहनुभएको चौधरीले राजाद्वारा ‘तक्मा’ र ‘कदरपत्र’ समेत प्राप्त गर्नु भएको थियो ।
स्वर्गीय समजसेवी कालिराम चौधरीको शालिक अनावरण
