कमल बहादुर खड्का
२ असार , बर्दिया ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ मा दालमोट तथा चिप्स बनाउने तालिम सम्पन्न भएको छ । जेठ २७ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । समापन कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष नर बहादुर चन्द्र को सभा अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी बारबर्दिया नगरपालिका उप प्रमुख रत्न कुमारी पान्डे रहनु भएको थियो । वडा महिला संजाल को संमवय तथा ८ नम्बर वडा कार्यलयको आयोजनामा भएको तालिममा १६ जना महिलाहरु सहभागी रहेका थिए । सीप मुलक तालिम अन्तरगत विपन्न, दलित , एकल ,जनजाति महिलाहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको वडा महिला सन्जाल संयोजक अमृता शाहीले बताउनु भयो । विकास निर्माण का साथ साथै सीप मुलुक कार्यक्रमहरुलाई पनि अगाडी बढाउदै महिलाहरुलाई उद्यमशील बनाउने नगरपालिका को योजना रहेको उप प्रमुख रत्न कुमारी पाण्डेले बताउनु भयो । तालिममा १६ जना महिलाहरु सहभागी भएका थिए। थोरै समय भएका कारण ४ किसिम को दालमोट र १ किसिमको चिप्स मात्र बनाउन सिकाईएको प्रशिक्षक गंगा सुनारले बताउनु भयो ।
दालमोट तथा चिप्स बनाउने ७ दिने तालिम सम्पन्न
