बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

१० पुस, कैलाली । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भजनी नगरपालिका(१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *