शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

८ पुस काठमान्डौ । शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।

सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ।४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा बस्थिन्। उनी केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी थिइन्।राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले बताउनु भयो ।अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो।अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा दनुवारलाई सम्मान गरेको थियो।दनुवारको श्रीमान, एक छोरा र छोरी छन्। मृतुको कारण खुल्न सकेको छैन ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *