कमलबहादुर खड्का
१० पुस बर्दिया ।
बारबर्दिया ७ सिउनियामा आज दिउँसो २ बजे मोटरसाइकल दुर्घटना भएको छ । जयनगर बाट रम्मापुर तर्फ आउदै गरेको भे १३ प ५०८८ नम्बर को मोटरसाइकल दुर्घटना हुदा, मोटरसाइकल चालक बारबर्दिया ८ औरि बर्दिया निवासी १५ वर्षीय अविशेक खड्का रहेको ७ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर थारुले बताउनु भयो । मोटरसाइकल चालक खड्का लाई टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । मोटरसाइकल अनेन्त्रित भइ सडकको छेउमा रहेको पिल्लरमा ठोकिएर दुर्घटना भएको जयनगर ईलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचार को लागि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल बाके लगिएको छ ।
