कमल बहादुर खड्का
१ असार , बर्दिया ।
जेड. यस. एल. नेपाल (ZSL Nepal) को सहयोग उज्जालो नेपाल द्वारा संचालित राहत कोष स्थापनाको लागि करेलिया उपभोक्ता समितिलाई चेक हस्तान्तरण गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको करेलिया उपभोक्ता समिती लाई रु ६ लाख ९६ हजार रुपैया बराबरको चेक बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार राम ले हस्तान्तरण गर्नु भएको छ । वन्यजन्तुको आक्रमणमा परि घाईते तथा मृत्यु भएका परिवारहारुलाई राहत निर्देशिका अनुसार पाउने रकम केही समय ढिलो तथा प्रक्रिया मिलाउदा समय लाग्ने भएका कारण पीडित परिवारलाई तत्काल रकम को अभाव हुन नदिन यो राहत कोष स्थापना गरिएको करेलिया उपभोक्ता समितीका अध्यक्ष राज कुमार अधिकारीले बताउनु भयो । पीडित को अबस्था हेरि केही समय पछि फिर्ता हुने गरि रु ५० हजार देखि १ लाख सम्म रकम कोषबाट चलाउन सकिने अध्यक्ष अधिकारीले बताउनु भयो ।उक्त कार्यक्रममा बारबर्दिया नगरपालिका ७ का वडा अध्यक्ष इन्द्रबहादुर थारु , उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने ,बर्दिया राष्ट्रिय निकुञ्ज पुर्व वरिष्ठ संरक्षण अधिकृत रमेश थापा,लगाएतको उपस्थित रहेको थियो ।
राहत कोष स्थापनाको लागि करेलिया उपभोक्ता समितिलाई चेक हस्तान्तरण
