२३ पुस बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका–६ का १९ वर्षिय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मोटरसाइकल दुर्घटनमा परी मृत्यु भएको हो ।
गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १३ प ४३०३ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई मधुवन नगरपालिका–४ हुलाकी सडक गम्मका चोक स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाईते भएका थिए ।घाईतेलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा बुढालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिनु भयो उहाका अनुसार मृतक बुढा मोटरसाइकलको पछाडि सवार थिए ।मोटरसाइकल चालक बाँके राप्ती सोनारी गाउँपालिका–१ का ३४ वर्षिय छत्र बहादुर बिष्ट गम्भिर घाइते भएका र उनलाई थप उपचारको लागि बाँके पठाईएको प्रहरीले जनाएको छ ।
