बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यृ

कमल बहादुर खड्का
८ कात्तिक, बाँके ।
राप्ती सोनारी गाउपालिका ९ गुरुवागाउ बाँकेका ४० वर्षिय इन्द्र बहादर खत्रीको, बाघको आक्रमणमा परि मृत्यृ भएको छ । शुक्रबार बिहान ९ बजे तिर डोको बोकेर घास काट्न जङ्गल गएका खत्री, अबेर सम्म घर नआए पछि स्थानिय बासिन्दाले खोजि गर्ने क्रममा राति रिम्मा सामुदायिक वन भित्र सव फेला परेकोे डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
बाघले मृतक शरिरको मासु खाएको,टाउको, खुट्टा छुट्टिएको अवस्थामा अलग अलग स्थानमा सव छेद विछेद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकृत दिपक पातलीले जनाकारी दिए । बाँके राष्ट्रिय निकुञ्ज नजिक पटक पटक बाघ र चितुवाले आक्रमण गर्न थाले पछि स्थानिय बासिन्दाहरु त्रसितका साथै आक्रोशित भएर, बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताल, समचार संकलन गर्न गएका कोहलपुर टुडेका पत्रकार डिल्लि शाही र मध्यवर्ति सामुदायिक वनका अध्यक्ष दल बहादुर खड्का समेतलाई हातपात गरेका छन । वनजङ्गलमा घाँस दाउरा लिन समुहमा जादा बाघको आक्रमणबाट बच्न सकिने सम्भावना धेरै हुने भएको हुदा एक्लै र अनावश्यक रुपमा जंगल नजान सवैलाई अनुरोध गर्नुको साथै,मान्छेलाई आक्रमण गर्ने बाघको पहिचान गर्न लागेको बाके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र बहादुर कँडेलले बताए ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *