कमल बहादुर खड्का
१३ कात्तिक, बर्दिया ।
आज दिउसो देखि नेपालका केही स्थानमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कार्तिक १३ गते दिउसो देखि कार्तिक १५ गते शनिबार बिहानसम्म बागमति,मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने उक्त प्रभावले मधेश, कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केहि स्थानमा मध्यम वर्षाको संभावना रहेको छ । मधेश र कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू – भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडि तथा हिमाली भू – भागका कोही स्थानहरुमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू – भागमा मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त अवधिमा बागमती, कोशी, र कन्काई नदी र सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सर्तकता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स – साना नदीहरु आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।
संभावित वर्षा तथा हिमपातको कारणले नदिहरुमा आकस्मित बहाव पहिरो लगाएत जोखिमक, दैनिक जनजिवन सडक तथा हवाई यातायातमा प्रभाव पर्नुको साथै कृषकहरुको वालि भित्र्याउने समय भएको हुदा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागका प्रवक्ता बिभुति पोख्ररेल ले सबैलाई अपिल गर्नु भयो ।
