१४ वर्षे बालकको सव नहरको साइफनमा फेला पर्यो

कमल बहादुर खड्का
०१ साउन, बर्दिया ।
बारबर्दिया नगरपालिका ७ रम्मापुर,बर्दिया आर्मी व्यारेक नजिक नहरको साइफनमा बालकको सव फेला परेको छ । बारबर्दिया नगरपालिका ३ वनगाई बस्ने होहल्ला थारुको छोरा वर्ष १४ को एस कुमार थारु को सव आज विहान ११:३० बजे नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चन्द्र बहादुर डमरपाल ले जानकारी दिनु भयो । असार ३२ गते देखि घरबाट हराएका बालक खेती सिचाईका लागी नहरमा छोडिएको पानीमा तैरिएको अवस्थामा सव फेला परेको थियो। सव उद्वारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाईएको साथै घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायक उपरीक्षक डमरपालले बताउनु भयो ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *