बर्दियाको रविन कन्स्ट्रक्सन सहित १२ वटा निर्माण कम्पनी कालोसूचीमा

१८ पुस बर्दिया । सार्वजनिक खरिद अनुगमन कार्यालयले बर्दियाको एउटा निर्माण कम्पनी सहित १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ । कालोसूचिमा पर्ने निर्माण कम्पनी बर्दियामा रहेको रमेश पौडेलले संचालन गरेको रविन कन्स्ट्रक्सन गुलरिया नगरपालिका वार्ड न ६ रहेको छ । यो सहित १२ बटा निर्माण कम्पनी कालोसुचिमा परेका हुन ।उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *