के रोग लागेको थियो १३ वर्षमै मृत्यु भएका सचिनलाई

१८ पुस काठमान्डौ । बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए।उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए।

उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ दिए। मुसुक्क मुस्काउँदै बेसुर तालमै गीत पनि गाए।अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । यो दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसका लागि न्युरोसर्जरीसमेत गरिएको अस्पतालले जनाएको छ ।लामो समयदेखि स्वास्थ्य समस्यासँग लड्दै आएका सचिनलाई तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत साता अस्पताल भर्ना गरिएको थियो ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *