बर्दियामा एकै दिन १२ जना पक्राउ

२० पुस बर्दिया । बर्दियामा विभिन्न मुद्धामा फरार भएका १२ जना लाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका १२ जनालाई बर्दिया प्रहरीले पकाउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका रहेका छ्न ।जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, अभद्र व्यवहारका पाँच जना किशोर, अंशसहित सम्बन्ध विच्छेदका भविन्द्रसिंह ठकुरी र सवारी ज्यानमा एक किशोर रहेका छ्न । उनिहरुलाई बर्दिया जिल्ला ल अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *