प्रेस सेन्टर बर्दियाको नयाँ नेत्रृत्व चयन

२१ पुस बर्दिया । प्रेस सेन्टर नेपाल बर्दियाको ८ औं अधिवेशन बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

अधिवेशन बाट गान्दिपलाल कायस्थको अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्ने गरी १३ जनाका कार्य समिति चयन गरिएको छ । जसमा उपाध्यक्ष टिकाराम चौधरी , रावन विश्वकर्मा, सचिव होमेन्द्र थापा, सहसचिव विन्दु चौधरी, सह सचिव सरोज कामत, कोषाध्यक्ष डम्मर परियार रहनु भएको छ ययै गरी उमा नगरकोटि, निर्मला चौधरी योगी, र उमेश पौडेल, सदस्य रहनु भएको छ । यस अघि अधिवेशनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले समाजलाई सहि मार्गमा डोरयाउनका लागी पत्रकारको महत्वपुर्ण भुमिका रहने बताउनु भयो साथै उहाले पत्रकार विश्वासीले र भर पर्दौ बनाउनका लागी सरकारले नै योजना बनाउनु पर्ने बताउनु भयो । बर्दिया थुप्रै सम्भावनाको जिल्ला भएको हुँदा यसलाई कसरी परिचित गराउन सकिन्छ यस विषयमा पनि पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयो । उदघाटन समारोहमा सुरेश पन्थ लुम्बिनी प्रदेश कमिट सदस्य , अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष गेहेन्द्र प्रसाद ढकाल ,नेकपा माओवादी केन्द्रका लुम्विी प्रदेश सदस्य दुर्गा बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे , प्रेस युनियन बर्दियाका सचिव दुर्गा आचार्य, प्रेस चौतारीका केन्द्रिय सदस्य डिलप्रकाश गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष यज्ञ सापकोटा,नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश परिषद सदस्य दीपककुमार शर्मा लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *