ब्रहम कुमारी ईश्वरिय विश्वविद्यालयद्वारा बारबर्दियामा बृहत रक्तदान कार्यक्रम हुदै

कमल बहादुर खड्का
८ भदौ बर्दिया
रक्तदान गरौ जीवन बचाउ भन्ने नाराका साथ ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखाको आयोजनामा भोली बारबर्दिया नगरपालिका जयनगरमा विशाल रक्तदान कार्यक्रम हुने भएको छ । ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालयका पूर्व प्रमुख प्रशासिकाय राजयोगी दीदी डाक्टर प्रकशमणि ज्यूको १८ औ पुण्य स्मृति दिवस एवम विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको प्रविधिका सहयोग तथा बारबर्दिया नगरपलिको संरक्षकमा वृहत रक्तदान कार्यक्रम हुन लागेको ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखा प्रमख पुष्पा तिवरीले बताउनु भयो । विश्वभर ब्रहमकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रामा अगष्ट २२ देखि २५ तारिक सम्म विशाल रक्तदान कायक्रम विश्व व्यापि रुपमा शुरु भएको छ ।

ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखाको आयोजनामा मिति २०८२ भदौ ६ गते बासगढीमा पहिलो पटक रक्तदान कार्यक्रम गरि दोस्रो पटक बारबर्दियामा गर्न लागिएको ब्रहम कुमारी ईश्वरिय विश्व विद्यालय बासगढी शाखा प्रमुख तिवारीले बताउनु भयो । कार्यक्रम भोली मिति २०८२ भदौ ९ गते विहान ९ बजे देखि शुरु हुने भएको छ । रक्तदान कार्यक्रममा स्वयमंसेवि रक्तदान समुह बारर्दिया, नागरिक समाज बारबर्दिया, उद्योग वाणिज्य संघ बारबर्दिया, विकस प्रेमि युवा समुह बारबर्दिया, लायन्स क्लब अफ बारबर्दिया, बारबर्दिया नगरअस्पताल, विश्वाशिलो र सदाशिव सहकारी बारबर्दिया लगाएतका संघ सस्थाहरु संग सहकार्यमा कार्यक्रम हुन लागेको छ ।

मन पर्‍यो? शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *