१७ पुस बर्दिया । नेपाल कम्युनिस्ट पार्टी बहुमत बर्दिया जिल्लाको प्रथम जिल्ला भेला बर्दियाको गुलरिया सम्पन्न भएको छ। भेलाले प्रतापको नेतृत्त्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। भेलामा पार्टीका नवौ महाधिवेशन आयोज समिति सदस्य तथा ६ नं ब्युरो इन्चार्ज संगम, पार्टीका नवौ महाधिवेशन आयोज समिति सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज शक्ती लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज भरतले संचालन गर्नु भएको थियो। कार्यक्रममा आफ्नो शूभकामना मन्तव्य राख्दै सँगमले राज्य भ्रष्टाचार, घुसखोर, जनविरोध, जनघात, राष्ट्रघातको केन्द्र बनेको र भ्रस्टाचारका कारण समाज राजनैतिक,आर्थिक तथा सांस्कृतिक रूपले तिव्रगतिमा विगठनको दिशामा गईरहेको बताउनु भयो। मन्तव्यकै क्रममा बर्दिया जिल्ला इञ्चार्ज शक्तिले नेपाली जनताका विरुद्ध गरिएका गतिविधि र जनतालाई थप शोषण, दमन र उत्पीडनमा पार्ने जोकोहि लाई नेकपा बहुमतले सडकमा घिसार्ने र जनकारवाही गर्ने साथै राजनैतिक पार्टी, स्थानीय तहका जनप्रतिनिधिको संरक्षणमा भएको दलाली, मिटर व्याजी, लघुवित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने,निजी तथा सार्वजनिक विद्यालयहरूले महंगो शुल्कअसुले, किसानले समयमा नै मल र बीउ नपाउने जस्ता तमाम समस्या समाधानको निम्ति नेकपा बहुमतले एक मुठी सास रहुन्जेल सङ्घर्ष गर्ने बताउनु भयो।
